
आसनसोल, 26 फरवरी (हि.स.)। आसनसोल अदालतमा बम रहेको ई-मेल पाएपछि अदालत परिसरमा कोकोहोलो मचिएको थियो। यसै क्रममा बिहीवार आसनसोलको जीटी रोडस्थित बजार क्षेत्रको हेड पोस्ट अफिस परिसरको पासपोर्ट कार्यालयलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल प्राप्त भयो जसले गर्दा सम्पूर्ण परिसरमा खैलाबैलाको परिवेश सृजना भयो।
यस सम्बन्धमा कार्यालयका डिप्टी सुप्रिन्टेण्डेन्ट कोमल सिंहले बताइन्, कोलकाता कार्यालयबाट उनलाई सूचना प्राप्त भयो कि आसनसोलको हेड पोस्ट अफिसमा बम राखिएको छ जुन अपरान्ह 1:15 बजी विस्फोट हुनेछ। सूचना पाउनसाथ पुलिस प्रशासनलाई सूचना दिइयो अनि सतर्कतास्वरूप पासपोर्ट कार्यालय र हेड पोस्ट अफिसलाई तत्काल खाली गराइयो।
पुलिसले घटनास्थलमा पुगेर परिसरको गहन जाँच गरिरहेको छ। बम स्क्वायड र डग स्क्वायडको टीमलाई पनि अलर्ट गराइएको छ। अधिकारीहरूको भनाइ छ, पुलिसद्वारा क्लीन चीट दिइएपछि पासपोर्ट कार्यालय अनि हेड पोस्ट अफिसमा पुन कामकाज शुरू गरिनेछ।
अचानक आएको धम्कीको कारण ती मानिसहरूलाई ठूलो समस्याको सामना गर्नुपऱ्यो जो पासपोर्ट बनाउनका लागि कार्यालयमा आएका थिएा कार्यालयलाई खाली गराइएपछि उनीहरूलाई त्यसै घर फर्किनुपऱ्यो। प्रशासनले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ। मानिसहरूलाई अफवाहरूमाथि ध्यान नदिने अपील गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा