
गोलाघाट (असम), 26 फरवरी (हि.स.)। गोलाघाटस्थित आवर्त भवनमा बिहीवार त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला कंग्रेस कार्यकर्ताहरूले असम प्रदेश कमिटीका अध्यक्ष एवं लोकसभा सांसद गौरव गोगोईलाई घेरेर व्यापक विरोध प्रदर्शन गरे। कार्यकर्ताहरू सरूपथार विधानसबा सीटलाई असम जातीय परिषदको निम्ति छोड़्ने चर्चादेखि रूष्ट भएका थिए।
प्रदर्शन गरिरहेका कार्यकर्ताहरूले भने, सरूपथार सीट वर्षौंदेखिको कंग्रेसको मजबुत गढ़ रहिआएको छ र यसलाई अन्य कुनै दललाई सुम्पिनाले धरातलीय स्तरमा काम गरिरहेका कार्यकर्ताहरूप्रति अन्याय हुनेछ। यस अवधि आवर्त भवन परिसरमा नाराबाजी पनि गरियो साथै पार्टी नेतृत्वसित स्पष्ट जवाफको माग गरियो।
आक्रोशित कार्यकर्ताहरूले गौरव गोगोईलाई आगामी 24 घण्टाभित्रमा पार्टीको स्थिति स्पष्ट पार्ने चेताउनी समेत दिएका छन्। उनीहरूले भने, यदि निर्दारित समयमा स्थिति स्पष्ट नपारिए हजारौं कंग्रेस कार्यकर्ताहरूले सामुहिक मुण्डन गरेर पार्टीबाट राजीनामा दिनेछन्।
आगामी चुनाउपूर्व सीट बाँड़फाँड़लाई लिएर भइरहेका चर्चाहरूबीच यस विरोध प्रदर्शनले असम कंग्रेसमा बढ़्दो असन्तोषको स्थितिलाई उजागार गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा