
गुवाहाटी, 26 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, असममा विमानन क्षेत्रलाई नयाँ ढंगबाट सशक्त बनाउने दिशामा एक महत्वपूर्ण पहल गर्दै गुवाहाटीमा एयरबेस मेन्टेनेन्स एण्ड रिपेयरिंग (एमआरओ) हब स्थापना गरिनेछ। यो हब गुवाहाटी हवाईअड्डामा विकसित गरिनेछ जसबाट राज्यको विमानन पूर्वाधारले प्रोत्साहन पाउनेछ। मुख्यमन्त्रीले बिहीवार यहाँ एक कार्यक्रममा सामेल भएपछि पत्रकरहरूसित बातचित गरिरहेका थिेए।
उनले बताए, एयरपोर्ट्स अथोरिटी अफ इण्डिया (एएआई)- द्वारा यस एमआरओ यूनिटको स्थापना गरिनेछ। यो परियोजना शुरू भएपछि असम पूर्वोत्तर क्षेत्रमा विमान रखरखाउ सेवाहरूको एक प्रमुख केन्द्रको रूपमा उदाउनेछ।
यस अतिरिक्त सम इञ्जीनियरिंग कलेज (एईसी) -मा डिसाउल्ट एभिएशनको राफेल इञ्जीनियरिंगसित सम्बन्धित एउटा हब स्थापना गर्ने योजना पनि छ। यसबाट राज्यमा उच्च स्तरीय एयरोस्पेस तकनिक औ तकनिकी सेवाहरूले प्रेरणा पाउनेछन्।
मुख्यमन्त्रीले भने, यस पहलबाट असमका युवाहरूको लागि रोजगारको नयाँ अवसर सृजना हुनेछ। विमानन तथा रक्षा क्षेत्रमा कुशल एवं प्रशिक्षित युवाहरूलाई राज्यमै उन्नत अवसर उपलब्ध हुनेछ। यसलाई असमलाई देशमा उदियमान विमान रखरखाउ तथा एयरोस्पेस इञ्जीनियरिंग केन्द्रको रूपमा विकसित गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा