
गुवाहाटी, 26 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार ज्योति विष्णु अन्तरराष्ट्रिय प्रेक्षागृहमा आयोजित एक कार्यक्रममा राज्यका मेधावी युवा एवं शोधार्थीहरूको शैक्षिक तथा आर्थिक सशक्तिकरणको उद्देश्यले एक महत्वपूर्ण योजनाको औपचारिक शुभारम्भ गरे।
‘मुख्यमन्त्री जीवन प्रेरणा’ योजना अन्तर्गत सरकारी शिक्षण संस्थानहरूबाट उत्तीर्ण 48,319 नव-स्नातकहरूलाई करियर निर्माणमा सहयोग दिनका लागि 12 महिनासम्म प्रतिमहिना 25 सय रुपियाँको वित्तीय सहायता प्रदान गरिनेछ।
‘मुख्यमन्त्री जीवन अनुप्रेरणा’ योजना अन्तर्गत 13 जना दिव्याङ्गजन तथा 2,112 शोधार्थहरूलाई अनुसन्धान एवं नवाचारलाई प्रेरित गर्नको लागि 25 ह जार रुपियाँदेखि 40 हजार रुपियाँसम्म एकमुष्ठ सहायता दिइनेछ।
यसरी नै उच्च शिक्षामा ड्रपआउट दरलाई रोक्ने उद्देश्यले शुरू गरिएको ‘मुख्यमन्त्री नियुत बाबू’ योजना अन्तर्गत स्नातक र स्नातकोत्तर प्रथम वर्षका लगभग 47,395 विद्यार्थीहरूलाई प्रतिमहिना आर्थिक सहायता प्रदान गरिनेछ ताकि उनीहरूले आफ्नो पढ़ाईलाई जारी राख्न सकुन्।
यस अतिरिक्त ‘उद्योग 4.0’ पहल अन्तर्गत टाटा टेक्नोलोजिजको सहयोगमा 17 वटा आईटीआई र 14 वटा पोलिटेक्निक संस्थानहरूमा 31 वटा आधुनिक प्रौद्योगिकी केन्द्रहरूको भर्चुअल उद्घाटन गरियो जसबाट तकनिकी शिक्षा र उद्योगोन्मुख कौशललाई सुदृढ़ बनाउन सकियोस्।
मुख्यमन्त्रीले भने, राज्य सरकारको लक्ष्य असमलाई कुशल कार्यबलको केन्द्र बनाउनु हो। उनले विश्वास व्यक्त गरे, यी सबै पहलहरूले राज्यका युवाहरूलाई आत्मनिर्भर बनाउने अनि ‘विकसित असम’ -को निर्माणमा महत्वपूर्ण भूमिका निभाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा