
शिवसागर (असम), 26 फरवरी (हि.स.)। शिवसागर जिल्लाको नामती पुलिसले मादक पदार्थविरूद्ध अभियानमा ठूलो सफलता हासिल गरेको छ। गए बुधवार राती भएको जाँच कार्यमा प्रचुर मात्रामा गाँजा जफत गरियो। यस अभियानमा दुईजना तस्करहरूलाई पनि पक्राउ गरियो भने एउटा स्विफ्ट कारलाई पनि जफत गरियो।
जानकारी अनुसार जोरहाट जिल्लाको टियोकदेखि नाजिरा तर्फ गइरहेको एउटा सेतो रंगको स्विफ्ट कारमा गाँजा लगिरहेको गुप्त सूचना प्राप्त भयो। त्यसपछि नामती पुलिस थानाका प्रभारी पुलिस अधिकारी भुवनज्योति गोगोईको नेतृत्वमा पुलिसको एक टीमले ऐतिहासिक धोदर अली क्षेत्रमा वाहनलाई रोकेर जाँच गऱ्यो जसमा गाँजा भेटियो।
पुलिसले पक्रा पर्ने दुई तस्करहरूको पहिचान टियोक पुलिस थाना अन्तर्गत बामुन पुखुरी बोरा गाउँका हेमन्त बोरा र टिोक पुलिस थाना अन्तर्गत खारघरिया गाउँका विश्वज्योति फुकनको रूपमा गरेको छ। यी आरोपीहरूबाट 1.537 किलोग्राम संदिग्ध गाँजा, दुई वटा मोबाइल फोन, 6,960 रुपियाँ नगद र एउटा स्विफ्ट कार (एएस-03एडी-8059) जफत गर्न पुलिस सफल भएको छ। यस सिलसिलामा अग्रिम कानूनी कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा