
गुवाहाटी, 26 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा हिमन्त बिस्व सरमाले आगामी 3 मार्चका दिन काजीरंगा राष्ट्रिय उद्यानमा निर्मित सरकारी अर्किड उद्यानको उद्घाटन गर्ने भएका छन्। यस अवसरमा देश-विदेशबाट आएका पर्यटकहरू उपस्थित रहनेछन्।
लगभग 16 कड़ोर रुपियाँको लागतमा निर्मित यस अर्किड उद्यानलाई अन्तर्राष्ट्रिय मानदण्ड अनुरूप विकसित गरिएको छ। उद्यानको उद्देश्य असमको समृद्ध जैव विविधता तथा विशेष रूपमा अर्किड प्रजातिलाई प्रदर्शित गर्नु हो।
राज्य सरकारलाई आशा छ, यस नयाँ आकर्षणले काजीरंगामा पर्यटनलाई प्रोत्साहित गर्नेछ साथै देशी-विदेशी पर्यटकहरूको संख्या पनि बढ़्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा