
सिलगढ़ी, 26 फरवरी (हि.स.)। केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठ सिक्किमको दुई दिवसीय भ्रमणका क्रममा बिहिवार बागडोगरा विमानस्थलमा अवतरण गरे। उनी २६ र 2७ फरवरी, २०२६ सम्म सिक्किमको भ्रमणमा रहनेछन्।
आफ्नो भ्रमणका क्रममा केन्द्रिय राज्यमन्त्रीले मङ्गन जिल्लाको चुङथाङ र लाचेन क्षेत्रमा पुगेर जिल्ला-स्तरीय अधिकारीहरूसँग समीक्षा बैठक गर्ने कार्यक्रम रहेको छ। साथै, गान्तोकमा आधिकारिक ब्रिफिङमा सहभागी भई पूर्वाधार विकास तथा अन्य सम्बन्धित विषयहरूको समीक्षा गर्नेछन्।
बागडोगरा विमानस्थलमा आगमनका अवसरमा रक्षा राज्यमन्त्रीलाई गृह विभाग, बागडोगरा एकाइकी अतिरिक्त सचिव शर्मिष्ठा प्रधानले स्वागत गरिन्। यस अवसरमा गृह विभाग, सिक्किम पर्यटन विकास निगम तथा पर्यटन सूचना केन्द्र (टीआईसी), बागडोगरा एकाइका अधिकारीहरू पनि उपस्थित थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल