
काजीरंगा, 26 फरवरी (हि.स.)। असमको काजीरंगाको बागरी क्षेत्रमा पुलिसले एक ठूलो कारबाहीमा लगभग 4 करोड़ रुपियाँ बराबरको लागूऔषध जफत गरेको छ।
पुलिस प्रवक्ताले बिहिवार नियमित जाँचको क्रममा रोकिएको ट्रकबाट यो लागूऔषध जफत गरिएको बताए। पुलिस सूत्रहरू अनुसार, ट्रकबाट 80 हजार याबा ट्याब्लेट जफत गरिएको छ। यी ट्याब्लेटहरू मणिपुरबाट ग्वालपाड़ा ढुवानी भइरहेको खबर छ।
ट्रक चालकका साथै पुलिसले रफिकुल इस्लाम नाम गरेको अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। सम्पूर्ण नेटवर्कको पत्तो लगाउन थप अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी