भूकम्पको 4.6 तीव्रताको झट्काले हल्लियो सिक्किम
Earthquake


गान्तोक, 26 फरवरी (हि.स.)। सिक्किममा बिहिवार बिहान भूकम्पको गतिलो झट्का महसुस गरियो। भूकम्पको केन्द्र पश्चिम सिक्किमको गेजिङ रहेको थियो भने यसको तीव्रता रिक्टर स्केलमा 4.6 रेकर्ड गरिएको छ।

नेशनल सेन्टर फर् सिस्मोलोजीको रिपोर्टका अनुसार, बिहिवार बिहान 11:34 मिनेटमा भूकम्पको गतिलो झट्का महसुस गरियो। भूकम्पको केन्द्र पश्चिम सिक्किमको गेजिङ जिल्लामा जमिनदेखि लगभग 10 किलोमिटर मुनि थियो। यसको तीव्रता रिक्टर स्केलमा 4.6 रेकर्ड गरिएको छ।समाचार लेखुन्जेलसम्म भूकम्पले जनधनलाई क्षति पुर्याएको रिपोर्ट प्राप्त भएको छैन। भूकम्पको झट्का सिक्किम राज्य लगायत उत्तर बङ्गाल र छिमेकी राष्ट्र नेपालका पूर्वी जिल्लाहरूमा पनि महसुस गरिएको थाहा लागेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande