
गुवाहाटी, 26 फरवरी (हि.स.)। गुवाहाटीको गोरचूक पुलिसले मोबाइल चोरीको घटनामा संलग्न एक चोरलाई पक्राउ गरेको छ। पुलिसले बिहिवार जानकारी दिएको छ कि सूचनाको आधारमा थाना क्षेत्र अन्तर्गत काटाबारीमा गरिएको एक कारबाहीको क्रममा मोबाइल चोरीको घटनामा संलग्न एक चोरलाई पक्राउ गरिएको छ।
पक्रा परेको चोरको पहिचान अंकुर राभा (23) को रूपमा गरिएको छ। अभियुक्तदेखि तीन वटा चोरीका मोबाइल फोनहरू जफत गरिएको छ। पुलिसले एफआईआर दर्ता गरेको छ र गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी