
कोलकाता, 26 फरवरी (हि.स.)। हावड़ाको पिलखाना क्षेत्रमा प्रोपर्टी व्यवसायी मोहम्मद शफिक खानको हत्याकाण्डमा पुलिसलाई ठूलो सफलता हात लागेको छ। गोलाबाड़ी थानाको पुलिसले बिहीवार सबेरै तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ जसमा मोहम्मद बिलाल (36) उपनाम रिंकु, मोहम्मद वकील (32) उपनाम मुन्ना औ दिलदार हुसैन (32)- को रूपमा भएको छ। बिलालको घर कोलकाताको जोरासांको थाना अन्तर्गत केलाबगान क्षेत्रमा अवस्थित छ भने अन्य दुईजना आरोपीहरू बउबजार क्षेत्रका निवासी रहेको बताइएको छ।
कोलकाता पुलिसको गुप्तचर विभागको सूत्रानुसार गए बुधवार अबेर राती गुप्त सूचना प्राप्त भएको आधारमा संयुक्त रूपमा खोजी अभियान संचालन गरियो। हावड़ा सिटी पुलिस, गुप्तचर विभाग औ गोलाबाड़ी थानाको टीमले उत्तर कोलकाताको जोरासांको थाना क्षेत्रस्थित एक गुप्त ठेगानाबाट तीनजनालाई समात्यो। हत्या भएदेखि नै यिनीहरू सबै भागेका थिए।
जाँचमा यो पनि पत्तो लागेको छ, प्रोपर्टी व्यापारी मोहम्मद शफिक खानको हत्या गरेपछि मुख्य आरोपीद्वय हारून खान र रोहित हुसैन जोरासांको क्षेत्रमै लुकेर बसेका थिए। पुलिस जाँचमा खुलासा भएको छ, पक्रा पर्ने तीनै आरोपीहरू मुख्य आरोपीहरूसित निरन्तर सम्पर्कमा थिए।
हाल गुप्तचर अधिकारीहरूले पक्रा पर्ने आरोपीहरूसित निरन्तर जाँचबुझ गरिरहेका छन्। मुख्य आरोपीहरूको खोजीलाई तीव्रता दिइएको छ भने तिनीहरूको सम्भावित ठेगानाहरूको बारेमा जानकारी जुटाइँदैछ। बिहीवार तीनैलाई हावड़ा अदालतमा पेश गरिनेछ। हत्याको यस मामिलामा आरोपीहरूविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा