
गुवाहाटी, 26 फरवरी (हि.स.)। असम राज्य एआईएस 140 भ्हीकल लोकेशन ट्रैकिंग डिभाइस (भीएलटीडी) मनिटरिंग सेन्टर एवं ब्याकएण्ड सिस्टमको उद्घाटन आज साँझ गुवाहाटीको कटाबाड़ीस्थित इन्टर स्टेट बस टर्मिनलको दोस्रो तलामा गरिनेछ।
कार्यक्रमको उद्घाटन असम सरकारका परिवहन एवं बोडोल्याण्ड कल्याण मन्त्री चरण बोड़ोद्वारा गरिनेछ। यस अवसरमा गुवाहाटी पश्चिमका विधायक एवं एमट्रानका अध्यक्ष रमेन्द्र नारायण कलिता पनि उपस्थित रहनेछन्।
निर्भया फ्रेमवर्क अन्तर्गत स्थापित यो मनिटरिंग सेन्टरले राज्यमा सार्वजनिक परिवहन वाहनहरूको रियल-टाइम निगरानीलाई सुदृढ़ बनाउनको साथै महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम साबित हुनेछ। यस केन्द्रिकृत ब्याकएण्ड प्रणालीको माध्मबाट आपतकालीन प्रतिक्रिया तन्त्रलाई पनि अधिक प्रभावकारी बनाइनेछ।
अधिकारीहरू अनुसार यो पहल तकनिक आधारित समाधानको माध्यमबाट असममा सुरक्षित एवं सुव्यवस्थित सार्वजनिक परिवहन व्यवस्थालाई मजबुत बनाउने दिशामा एक अहम प्रयास हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा