एचएमटी औद्योगिक क्षेत्रमा भीषण आगलागी; कपास कारखाना जलेर खरानी
एचएमटी औद्योगिक क्षेत्रमा भीषण आगलागी; कपास कारखाना जलेर खरानी


श्रीनगर, 26 फरवरी (हि.स.)। श्रीनगरको एचएमटी औद्योगिक क्षेत्रमा आज भीषण आगो लाग्यो जसकारम एउटा कपास कारखाना जलेर खरानीमा परिणत भयो। प्रभावित क्षेत्रमा व्यापक रूपमा आपतकालीन बचाउ अभियान शुरू गरियो।

श्रीनगरस्थित राज्य अग्निशमन नियन्त्रण कक्षमा आगलागी भएको सूचना प्राप्त भएपछि मुजगण्ड अग्निशमन स्टेशनको टीमलाई तुरून्तै घटनास्थलमा पठाइयो। घटनास्थलमा पुगेर दमकल कर्मीहरूले कपास कारखानालाई पूर्ण रूपमा आगोको चपेटमा परेको अवस्थामा पाए। घटनाको गम्भीरतालाई मध्यनजरर गर्दै जेवीसी वीर अग्निशमन स्टेशनबाट अतिरिक्त बललाई पठाइयो। अग्निशमन एवं आपातकालीन मुख्यालयले पनि आगो निभाउने अभियानलाई अझ सशक्त बनाउनको लागि पानीको ट्याङ्करलाई तैनाथ गऱ्यो। दमकलकर्मीहरू आगो निभाउन सक्रियता पूर्वक खटिरहेका छन्। आगोलाई नियन्त्रण गर्न तथा वरपरका औद्योगिक एकाईहरूसम्म आगोलाई फैलिन नदिनको लागि हरसम्भव प्रयास गरिरहेका छन्।

यो अभियान एडीजीपी, अग्निशमन एवं आपातकालीन सेवाका आलोक कुमारको समग्र पर्यवेक्षणमा संचालन भइरहेको छ। अग्निशमन एवं आपातकालीन कमान, श्रीनगरका उप निदेशक डा. मीर अकिब हुसैन औ मोबिलाइजिंग अफिसर एजाज अहमद शाहले घटनास्थलमा पुगेर स्थितिको जायजा लिरहेका छन्। आगलागीको कारण अनि नोक्सानको आँकड़ा पत्तो लगाउन थप जानकारीको प्रतिक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande