
कुचबिहार, 26 फरवरी (हि.स)। कुुचबिहार-माथाभांगा राज्य मार्गमा बिहीवार बिहान ट्रक र बाइक आपस्तमा ठोक्किएर भएको दुर्घटनामा एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना गम्भीर रूपमा घाइते भए।
पुलिस तथा स्थानीय सूत्र अनुसार यो दुर्घटना फलिमारी ग्राम पञ्चायतको बाघमारा क्षेत्रमा भएको हो। भनिन्छ, माथाभांगा तिरबाट आइरहेको एउटा ट्रकले विपरीत दिशाबाट आइरहेको बाइकलाई भयानक ठक्कर दियो। यस भयंकर ठक्करले बाइक सवार दुवै युवक सड़कमा लड़े। यीमध्ये एकजनाको घटनास्थलमै मृत्यु भयो भने दोस्रो युवक अचेत भए।
स्थानीय मानिसहरूले तुरून्तै घाइते युवकलाई एमजेएन मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराए जहाँ उसको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घटनाको सूचना पाउनसाथ निशिगञ्ज र टापुरहाट फाड़ीको पुलिस घटनास्थलमा पुग्यो। पुलिस दुर्घटनाको लागि जिम्मेवार ट्रकलाई चिन्हित गर्न जुटेको छ। दुर्घटनापछि कुचबिहार- माथाभांगा राज्य मार्गमा केही समयसम्म यातायात बाधित रह्यो जसलाई पछि पुलिसको हस्तक्षेपमा सामान्य बनाइयो। फलिमारी ग्राम पञ्चायत प्रधान भोला बर्मनले बताए, मृतक र घाइते युवकको पहिचान अहिलेसम्म हुन सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा