
गुवाहाटी, 26 फरवरी (हि.स.)। असम प्रदेश कंग्रेस कमिटीका अध्यक्ष गौरव गोगोईसित सम्भावित गठबन्धनलाई लिएर चलिरहेको चर्चाबीच निर्दलीय विधायक शेरमान अली अहमदले चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। शेरमान अलीले आज यहाँ एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
शेरमानले भने, गठबन्धन होस् वा नहोस्, यसबाट केही फरक पर्नेवाला छैन। उनले स्पष्ट रूपमा घोषणा गरे, उनी कुनै पनि स्थितिमा मंदिया विधानसभा क्षेत्रबाट चुनाउ लड़्नेछन्। उनले यो पनि भने, वर्तमान परिस्थितिमा यदि सबै विपक्षी दल एकजुट भए पनि भाजपालाई परास्त गर्ने सम्भावना न्यून देखिँंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा