असमः सामगुरीमा भयानक सड़क दुर्घटना, दुईजनाले गुमाए ज्यान
असमः सामगुरीमा भयानक सड़क दुर्घटना, दुईजनाले गुमाए ज्यान


नगाउँ (असम), 26 फरवरी (हि.स.)। सामगुरी अन्तर्गत तेलिया गाउँमा भएको भयानक सड़क दुर्घटनामा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो।

पुलिस प्रवक्ताले शुक्रवार बताए, एउटा ब्रेजा कारले अचानक नियन्त्रण गुमायो। द्रूत गतिमा अगाड़ि बढ़िरहेको कार डिभाइडरलाई भत्काउँदै विपरीत दिशाबाट आइरहेको ट्रकसित ठोक्कियो। यस भयानक ठक्करमा कार सवार दुवै मानिसहरूको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूमा एकजनाको पहिचान द्वीपेन राजखोवाको रूपमा भएको छ भने दोस्रोको पहिचान अहिलेसम्म पनि हुन सकेको छैन। पुलिसले घटनास्थलमा पुगेर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande