रानीगञ्जमा मैलाको थुप्रोमा भेटियो सयकड़ौं भोटर कार्ड
रानीगञ्जमा मैलाको थुप्रोमा भेटियो सयकड़ौं भोटर कार्ड


आसनसोल, 26 फरवरी (हि.स.)। आसनसोलको रानीगञ्ज थाना अन्तर्गत कुमार गञ्जस्थित चिनकुटी मोड़ क्षेत्रमा बिहीवार बिहान त्यसबेला खैलाबैला भयो जतिबेला मैलाको थुप्रोमा सयकड़ौं संख्यामा नयाँ-पुरानो भोटर कार्ड भेटियो। ती भोटर कार्डहरूमाथि स्थानीय मानिसहरूको नजर पर्नसाथ रानीगञ्ज थाना पुलिसलाई सूचना दिइयो।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले मैलाको थुप्रोबाट सबै भोटर कार्डहरूलाई जफत गरी थानामा लग्यो। प्रारम्भिक रूपमा यो स्पष्ट हुन सकेको छैन कि यति धेरै संख्यामा भोटर कार्डहरू यहाँ कसरी आइपुग्यो र यसलाई कसले फालेका होलान्।

स्थानीय मानिसहरूको भनाइ छ, यो मामिला अत्यन्त गम्भी मामिला हो, किनभने भोटर कार्ड एक महत्वपूर्ण सरकारी पहिचान पत्र हो। मानिसहरूले यस घटनाको निष्पक्ष जाँच गर्ने माग गरेका छन् साथै शंका पनि व्यक्त गरेका छन् कि समा कुनै प्रकारको लापरवाही वा षड़यन्त्र पनि लुकेको हुनसक्छ।

पुलिस सूत्र अनुसार जफत गरिेका सबै भोटर कार्डहरूको ग न्ती गरिँदैछ र यो जाँच गरिंदैछ कि यी कार्डहरू कुन क्षेत्रसित सम्बन्धित छ। साथै यो पनि पत्तो लगाइँदैछ, यी कार्डहरू वैध हुन् वा रद्द गरिसकिएको हो। आवश्यकता परे चुनाउ आयोगलाई पनि मामिलाको जानकारी दिइनेछ।हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। घटनापछि क्षेत्रमा विभिन्न चर्चा चलिरहेको छ। मानिसहरूले यथाशीघ्र वास्तविक कुराको खुलासा गर्ने माग प्रशासनसित गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande