सड़कको जीर्ण अवस्थालाई लिएर ग्रामीणहरूको प्रदर्शन, मतदान बहिष्कार गर्ने चेताउनी
सड़कको जीर्ण अवस्थालाई लिएर ग्रामीणहरूको प्रदर्शन, मतदान बहिष्कार गर्ने चेताउनी


झाड़ग्राम, 26 फरवरी (हि.स.)। झाड़ग्राम ब्लकको खारांगडांगादेखि कन्याडोबा गाउँसम्म पुग्ने सड़कको सोचनीय अवस्थालाई लिएर ग्रामीणहरूले रोष प्रकट गरेका छन्। सड़क निर्माण गर्ने माग गर्दै यहाँका चार वटा गाउँहरूका बासिन्दाहरूले बिहीवार बिहान एकजुट भएर मतदान बहिष्कार गर्ने आह्वान गर्दै झाड़ग्राम-दहिजुड़ी नम्बर-5 राज्य सड़कलाई अवरोध गरी प्रदर्शन गरे।

स्थानीय मानिसहरूको आरोप छ, पछिल्लो लामो समयदेखिकै सड़कको अवस्था जर्जर भएको छ जसले गर्दा आवागमन गर्न ठूलो कठिनाई भइरहेको छ। वर्षा याममा स्थिति झन् दयनीय हुन्छ। विद्यार्थी, रोगी तथा दैनिक यात्रीहरूलाई विभिन्न समस्याहरूको सामना गर्नु पर्दछ।

ग्रामीणहरूको भनाइ छ, कैयौं पटक प्रशासनलाई लिखित एवं मौखिक रूपमा सड़क मरम्मत गरिदिने माग गरिएको भए पनि अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन। यसैको विरोधमा स्थानीयहरूले सड़कमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् साथै चेताउनी पनि दिइएको छ, समस्याको समाधान भएन भने आन्दोलनलाई अझ व्यापकता दिइनेछ।

प्रदर्शनको कारण मार्गमा यातायात प्रभावित भयो। सूचना पाउनसाथ प्रशासन अनि पुलिसका अधिकारीहरू घटनास्थलमा पुगे अनि प्रदर्शनकारीहरूसित बातचित गरेर स्थितिलाई सामान्य बनाउने प्रयास गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande