कोलकाताको पासपोर्ट कार्यालय एवं रीजेन्ट पार्क डाकघरलाई बमको धम्की, जाँचमा जुट्यो पुलिस
कोलकाताको पासपोर्ट कार्यालय एवं रीजेन्ट पार्क डाकघरलाई बमको धम्की, जाँचमा जुट्यो पुलिस


कोलकाता, 26 फरवरी (हि.स.)। महानगरमा बिहीवार त्यसबेला खैलाबैला मचियो जतिबेला ब्रेबोर्न रोडस्थित पासपोर्ट कार्यालय र ई-एम बाइपासको आनन्दपुर क्षेत्रस्थित अन्य पासपोर्ट अफिसलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल प्राप्त भयो। ई-मेलमा कार्यालयहरूलाई विस्फोट गरी ध्वस्त बनाउने चेताउनी दिइएको थियो।

धम्कीपूर्ण ई-मेल प्राप्त हुनसाथ दुवै कार्यालयलाई तत्काल खाली गराइयो। कर्मचारी अनि त्यहाँ उपस्थित मानिसहरूलाई सुरक्षित बाहिर निकालियो। सूचना पाए लगत्तै पुलिस टीम घटनास्थलमा पुग्यो। खोजी अभियानको लागि डग स्क्वायड र बम निरोधक दललाई बोलाइयो। सम्पूर्ण परिसरको गहन जाँच गरियो।

प्राथमिक जाँचमा अहिलेसम्म कुनै पनि संदिग्ध वस्तु भेटिएको पुष्टि भएको छैन तथापि सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर गहन खोजी अभियान संचालन गरिँदैछ। पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि धम्कीपूर्ण ई-मेल कहाँबाट कसले पठाएको हो।

यस्तै एउटा धम्कीपूर्ण ई-मेल रीजेन्ट पार्कस्थित डाकघरलाई पनि पठाइयो जसले गर्दा त्यहाँ पनि भागाभाग मचियो। सतर्कताको रूपमा डाकघरलाई तुरून्तै खाली गराइयो। रीजेन्ट पार्क थानाको टीम र बम निरोधक दलले घटनास्थलमा पुगेर जाँच गरिरहेको छ।

पुलिसले सम्पूर्ण मामिलालाई गम्भीर रूपमा लिएर धम्कीपूर्ण ई-मेलको तकनिकी जाँच गरिरहेको छ। हाल सबै स्थानहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ भने हाल स्थिति नियन्त्रणमा रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande