
गान्तोक, 26 फरवरी (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ सिक्किम (बास) को तत्वावधानमा बिहिवारदेखि राजधानीको पाल्जोर स्टेडियम कम्प्लेक्सस्थित इन्डोर ब्याडमिन्टन हलमा 34औं सिक्किम माटर्स स्टेट ब्याडमिन्टन च्याम्पियनशिप शुरू भएको छ। यस च्याम्पियनशिपको समापन आगामी 28 फरवरीका दिन हुनेछ।
बास उपाध्यक्ष एवं च्याम्पियनशिप आयोजक समितिका अध्यक्ष महेन्द्र छेत्रीले आज बताए, च्याम्पियनशिपमा 140 जनाले भाग लिइरहेका छन् भने विभिन्न वर्गमा कुल 168 प्रतिस्पर्धा हुनेछन्। एकल, युगल र मिश्रित वर्गमा सम्पन्न गरिने यस च्याम्पियनशिपका विजयी प्रतिस्पर्धीहरूले गोवामा हुने आगामी राष्ट्रिय प्रतियोगिताहरूमा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल