अनित थापाद्वारा कालीमाटीमा सार्वजनिक भवनको शिलान्यास एवं नवनिर्मित घरको उद्घाटन
अनित थापाद्वारा कालीमाटीमा सार्वजनिक भवनको शिलान्यास र नवनिर्मित घरको उदघाटन


खरसाङ, 26 फरवरी (हि.स.)। जीटीएको प्रमुख कार्यपाल अनित थापाले महानदी तीनधारे समष्टिको कालीमाटीमा सार्वजनिक भवन निर्माणकस लागि शिलान्यास गरे। यसैगरी, उनले नवनिर्मित घरको पनि उद्घाटन गरेका छन्।

स्थानीयहरुका निम्ति कालीमाट्टीमा 50 लाख 74 हजारको लागतमा सार्वजनिक भवन निर्माण गरिने भएको छ। उक्त सार्वजनिक भवन निर्माणको आज जीटीए प्रमुखको उपस्थितिमा क्षेत्रीय सभासद नवराज छेत्रीले शिलान्यास गरे। कालीमाटी क्षेत्रको प्रगति समाजका 60-65 घरहरुलाई यस सार्वजनिक भवनले सुविधा हुने अपेक्षा गरिएको छ। यस क्षेत्रमा सार्वजनिक भवन नभएकाले धेरै असुविधा भइरहेको थियो।

यस अतिरिक्त, जीटीए प्रमुख थापाले कालीमाटीमा स्थानीय गोपाल तामाङको नवनिर्मित घरको पनि उदघाटन गरे। उक्त घर जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण गरिएको हो। यस क्रममा थापाले कालीमाटीमा स्थानीय जनताका विभिन्न समस्याहरु समाधानका लागि भेटघाट गरे।

प्रगति समाज कालीमाटीका सभापति राजेश प्रधान र सदस्य रिङ्देन तामाङले स्थानीय समाजको तर्फबाट सार्वजनिक भवनको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande