केन्द्रिय रक्षा राज्यमन्त्रीले सिङ्घिकमा विद्यालय र हेल्थ एण्ड वेलनेश सेन्टरको भ्रमण गरे
केन्द्रिय रक्षा राज्यमन्त्रीले सिङ्घिकमा विद्यालय र हेल्थ एण्ड वेलनेश सेन्टरको भ्रमण गरे


मङ्गन, 26 फरवरी (हि.स.)। केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठले आज सिङ्घिक माध्यमिक विद्यालयको भ्रमण गरे तथा शिक्षकहरू र विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरे। विद्यालयका प्रधानाध्यापक सोनाम दोर्जी भोटियाले विद्यालयका गतिविधिहरूको बारेमा केन्द्रिय राज्यमन्त्रीलाई जानकारी गराएका थिए।

केन्द्रिय राज्यमन्त्रीले उच्च मानक कायम राखेको र पर्यावरण मैत्री पहलहरूका साथै समग्र साफसफाईका लागि विद्यालय प्रशासनको सराहना गरे। यसपछि, उनले सिङ्घिकमा हेल्थ एण्ड वेलनेश सेन्टरको पनि भ्रमण गरे। उनले केन्द्रका कर्मचारीहरूसॅंग कुराकानी गर्दै उपलब्ध सुविधाहरूको बारेमा जानकारी लिए। यस अवसरमा मङ्गन जिल्ला अस्पतालका मुख्य चिकित्सा अधिकारी डा. अनिता भोटिया र डीआरसीएचओ डा. छिरिङ जोम्बा लाचेन्पा पनि उपस्थित थिए।

भ्रमण अवधि केन्द्रिय राज्यमन्त्रीसॅंग सामाजिक कल्याण विभागका मन्त्री साम्डुप लेप्चा, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, एडीएम पेमा वाङ्छेन, एसडीएम सन्दीप कुमार तथा अन्यहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande