सोनादा ट्राफिक पुलिसद्वारा सचेतना कार्यक्रम आयोजित
सोनादा ट्राफिक पुलिसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रमको आयोजना


सोनादा, 26 फरवरी (हि.स.)। सोनादा ट्राफिक पुलिसको तत्वावधानमा आज सोनादा डिग्री कलेजमा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा एन्टी ड्रग्स र ट्राफिक सचेतना विषयमा कलेजका विद्यार्थीहरूलाई सचेत गराइयो।

कार्यक्रममा सोनादा ट्राफिक पुलिसका प्रभारी सबीन दर्नाल, प्रीमुस भोटिया, सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेस खाती, प्राध्यापक प्राध्यापिकाहरु, सिभिक भोलेन्टियर र विद्यार्थीहरु उपस्थित रहेका थिए।

कार्यक्रममा सोनादा ट्राफिक पुलिसको तर्फबाट तयार पारिएको सचेतनामूलक वृत्तचित्र फिल्म प्रदर्शन गरिएको थियो। उल्लेखनीय छ, सोनादा ट्राफिक पुलिसले योभन्दा पहिला पनि सोनादा क्षेत्रका कलेज र स्कूलहरूमा ट्राफिक सचेतना विषयमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande