
खरसाङ, 26 फरवरी (हि.स.)। खरसाङ नगरपालिकाको वार्ड नम्बर 6 बुथ नम्बर 202 अन्तर्गत चौथले बस्तीमा बुथ कमिटी गठनका लागि टाउन कमिटी उपाध्यक्ष तथा वार्ड सचिव संजय मुखियाको अगुवाईमा आज एक सभा सम्पन्न भयो। सभामा भागोप्रमो नारी शक्ति महकुमा सभापति तथा नगरपालिका क्षेत्र चुनाउ प्रभारी सबिता कार्की, टाउन कमिटी मूल सचिव बिरबल पाख्रीन, कार्यकारिणी सदस्यहरू उपस्थित थिए।
सभालाई संजय मुखिया, बिरबल पाख्रीन र सबिता कार्कीले सम्बोधन गरे। यसैगरी, खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 4 को बुथ नम्बर 24/189 को निम्ति पानी निरीक्षण समिति गठन गरिएको छ। समितिमा सभापति महेश प्रधान, उपसभापति बलराम छेत्री, सचिव किशोर सुब्बा, सह सचिव श्रृषि राई, कोषाध्यक्ष राम प्रधान,सह कोषाध्यक्ष धर्मशेश राई, संयोजक सहदेव चामलिङ र गङाराम खवास अनि अन्य सदस्यहरूको चयन गरियो।
जीटीए मुख्य कार्यपाल अनित थापाको निर्देशनमा कुनै पनि वार्डका नागरिकसॅंग पानी वितरणमा भेदभाव नहोस् भन्न खातिर कमिटी गठन गरिएको हो। यस भेगमा वरिष्ठ एवं सजग व्यक्तित्वहरू मिलेर पहिलो पटक कमिटी गठन गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक