प्रधानमन्त्रीमाथि आपत्तिजनक टिप्पणी गर्ने प्रोफेसर निलम्बित
प्रधानमन्त्रीमाथि आपत्तिजनक टिप्पणी गर्ने प्रोफेसर निलम्बित


सोनीपत, 27 फ़रवरी (हि.स.)। हरियाणाको सोनीपतस्थित ओपी जिन्दल ग्लोबल यूनिभर्सिटीका एसोसिएट प्रोफेसर सरोवर जैदीलाई प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कथित आपत्तिजनक टिप्पणी गरेको आरोपमा एक सत्रको लागि निलम्बित गरिएको छ। विश्वविद्यालय प्रशासनले आदेश जारी गर्दै 1 फरवरीदेखि आगामी 31 जुलाई,2026-सम्म निलम्बन प्रभावकारी रहनेछ। यो कारबाही हरियाणा मानवाधिकार आयोगमा दर्ता सिकायतपछि गरिएको हो।

आयोगमा प्रस्तुत सिकायतमा एकजना छात्रका अभिभावकले आरोप लगाए, पछिल्लो 7 नोभेम्बर, 2025-मा पोलिटिक्स अफ रिप्रेजेन्टेशन पाठ्यक्रमको कक्षा संचालन भइरहेको समय प्रोफेसरले प्रधानमन्त्रीको तुलना जर्मनीका तानाशाह एडल्फ हिटलरसित गर्दै राष्ट्रिय अभियानहरूलाई देखावटी बताए। सिकायतमा यो पनि भनियो, केन्द्र सरकार र भारतीय सेनाको प्रशंसा गर्दा छात्रलाई कक्षामा अपमानित गरियो। मामिलालाई गम्भीर मान्दै आयोगले शिक्षा विभाग, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग औ पुलिससित प्रतिवेदन मागेको छ।

विश्वविद्यालयको पक्षबाट यस विषयमा कुनै विस्तृत सार्वजनिक वक्तव्य जारी गरिएको छैन। विश्वविद्यालय प्रशासनले संकेत दिएको छ, आयोगका निर्देशहरूको समीक्षा गरिँदैछ र निर्धारित समयमा प्रतिवेदन प्रस्तुत गरिनेछ। विश्वविद्यालयको नियमावलीमा कक्षाभित्र भेदभावपूर्ण टिप्पणी, उत्पीड़न वा अनुचित व्यवहारमाथि कड़ा कारबाही गर्ने प्रावधान छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande