
आसनसोल, 27 फरवरी (हि. स.)। आसनसोल हेड पोस्ट अफिस परिसरमा शुक्रवार एक पटक फेरि बमको आतंक फैलियो। जानकारी अनुसार पासपोर्ट कार्यालयलाई ई-मेल मार्फत बम विस्फोटको धम्की दिइएको छ। घटनापछि क्षेत्रमा व्यापक कोकोहोलो मचियो।
सूत्र अनुसार पछिल्रो चार दिनदेखिको यस किसिमको धम्कीपूर्ण ई-मेल आइरहेको छ। तथापि अहिलेसम्ममा पुलिसले सम्बन्धित आईपी एड्रेसको बारेमा पत्तो लगाउन सकेको छैन। त्यसैले शहरबासीहरूमा भय व्याप्त भएको छ।
घटनापछि हेड पोस्ट अफिस औ पासपोर्ट कार्यालय वरपर सुरक्षा बढ़ाइएको छ। पुलिस अनि प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ। तथापि धम्की दिनेलाई चिन्हित गर्न नसकेको कारणले सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठ्न थालेको छ। यस मामिलामा केन्द्र अनि राज्य सरकारको गुप्तचरहरूको सक्रियतालाई लिएर पनि चर्चा चलिरहेको छ। तथापि अधिकारीहरूको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन।
यसरी लगातार आइरहेको बमको धम्कीले गर्दा स्थानीय मानिसहरू चिन्तित भएका छन्। मानिसहरूको भनाइ छ, दोषीहरूलाई चिन्हित नगरूञ्जेलसम्म डरको माहोल रहिरहनेछ।
पुलिसको भनाइ छ, मामिलाको गम्भीर रूपमा जाँच गरिंदैछ साथै ई-मेलको श्रोत पत्तो लगाउने प्रयास जारी छ। प्रशासनले मानिसहरूलाई अफवाहहरूमाथि ध्यान नदिने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा