
गुवाहाटी, 27 फरवरी (हि.स.)। भारतीय जनता युवा मोर्चा (भाजयुमो), असम प्रदेशले शुक्रवारदेखि मोदीर दोस्त नामक डिजीटल अभियान शुरू गरेको छ जसको उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीका कार्य अनि उपलब्धिहरूलाई समाजका सबै वर्गसम्म पुऱ्याउनु हो जसलाई विश्वका सबैभन्दा लोकप्रिय नेताहरूदमध्ये एक मानिन्छ र जसको इन्स्टाग्राममा सबैभन्दा अधिक अनुयायीहरू छन्।
अभियानको औपचारिक उद्घाटन असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले पार्टीको प्रदेश मुख्यालय, वाजपेयी भवनमा गरे जसमा विभिन्न डिजिटल प्लेटफर्मसित जोड़िएका हजारौं युवाहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय चुनाउ प्रभारी बैजयन्त जय पाण्डा, सांसद बाँसुरी स्वराज औ दर्शना जार्दोष पनि कार्यक्रममा उपस्थित थिए।
भाजयुमो प्रदेश अध्यक्ष राकेश दासको नेतृत्वमा “मोदिर बन्धु” पहलको उद्देश्य असमका सबै क्षेत्रहरूलाई कभर गर्नु हो। यस कार्यक्रमको माध्यमबाट लाखौं डिजीटल रूपले जोड़िएका युवाहरू सोशल मीडियामा केन्द्रिय तथा राज्य सरकारद्वारा गरिएका विकासात्मक कार्यहरूलाई व्यापक रूपमा प्रचारित गर्नेछन् ताकि आम जनतालाई सूचित तथा जोड़्ने लक्ष्यलाई पूर्ण गर्न सकियोस्। उद्घाटन सत्रको संचालन भाजयुमोका प्रदेश अध्यक्ष दासद्वारा गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा