ननहिलामा पानीको ट्याङ्कीमा तैरिरहेको सात महिनाको शिशुको शव भेटियो, हत्याको आरोप माइज्युमाथि
ननहिलामा पानीको ट्याङ्कीमा तैरिरहेको सात महिनाको शिशुको शव भेटियो, हत्याको आरोप माइज्युमाथि


आसनसोल, 27 फ़रवरी (हि.स.)। आसनसोलको कुल्टी थाना अन्तर्गत बराकरको बालतोड़िया वार्ड नम्बर- 66 बाट एक हृदयविदारक घटना सामु आएको छ। यहाँ एकजना सात महिने शिशुको शवलाई घरको पानीको ट्याङ्कीबाट उद्धार गरिएको छ। घटनापछि परिवारमा गम्भीर आरोप-प्रत्यारोप शुरू भएको छ। शिशुको आफ्नै माइज्युमाथि उसलाई पानीमा डुबाएर मारेको आरोप लगाइएको छ।

मृत शिशु इस्माइल अन्सारीको नाती रहेको बताइएको छ। जानकारी अनुसार इस्माइल अन्सारी आफ्नी पत्नी गुलशन आरा, छोरा शाहनवाज अन्सारीकी पत्नी सानिया परवीण र परिवारका अन्य सदस्यहरूसित बस्दै आएका छन्। शाहनवाज हाल बेंगलुरूमा बस्छन् जसकी पत्नी सानियाको एकजना दश महिनाको छोरी छे।

स्थानीय मानिसहरू मुताविक इस्माइल अन्सारीकी छोरी मुस्कान खातूनको विवाह बलतोड़िया निवासी मुस्तफा अन्सारीसित भएको छ। मुस्तफा पेशाले ड्राइभर हुन् र कामको सिलसिलामा बिहारको जमुई गएका थिए। पतीको अनुपस्थितिमा पत्नी मुस्कान आफ्नो माइतमा बस्दै आएकी थिइन्। मुस्कानको सात महिनाको छोरा पनि सँगै थियो।

भनिन्छ, हजुरबुवा-हजुरआमाले आफ्नो नातीलाई धेरै नै माया गर्थे जसबाट कथित रूपमा घरको माहोल तनाउपूर्ण भएको थियो। आरोप छ, यसै कुरादेखि रूष्ट भएर सानिया परवीणले सबेर सुतेको नानीलाई उठाएर पानीको ट्याङ्कीमा डुबाइदिइन्।

बिहान इस्माइल अन्सारी 'रोजा' खोल्न र नमाजको तयारी गर्नको लागि पानी ल्याउन ट्याङ्की नजिक पुग्दा उनले नानीलाई पानीमा डुबेको देखे। डरले इस्माइलले तुरून्तै नानीलाई बाहिर निकालेर मुस्कानलाई घटनाको जानकारी दिए। छोराको अवस्था देखेर आमा मुर्छित परेर ढलिन्। रूँदा-रूँदै सानियामाथि हत्या गरेको आरोप लगाइन्।

घटनाको सूचना पाउनसाथ बराकर पुलिस फाड़ीको टीम घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर जिल्ला अस्पतालमा पठाइदियो जहाँ पोस्टमर्टम गराइयो। पुलिसले जाँचबुझको लागि सानिया प्रवीण, हजुरबुवा इस्माइल अन्सारी औ हजुरआमा गुलशन आरालाई हिरासतमा लिएको छ। मामिलाको जाँच जारी छ। पुलिसको भनाइछ, पोस्टमर्टम रिपोर्ट अनि जाँचबुझको आधारमा कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande