भाजपा-अगपले गठबन्धन नभएको ठाउँमा मित्रतापूर्म प्रतिस्पर्धा गर्नेछः डा. हिमन्त
भाजपा-अगपले गठबन्धन नभएको ठाउँमा मित्रतापूर्म प्रतिस्पर्धा गर्नेछः डा. हिमन्त


गुवाहाटी, 27 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, आगामी चुनाउलाई लिएर भाजपासित स्पष्ट समाधान सूत्र छ। असम गण परिषद (अगप)-सित गठबन्धन सम्भव भएको सीटमा पार्टीले सहयोगी दलसित मिलेर चुनाउ लड़्नेछ भने गठबन्धन सम्भव नभएको सीटमा मित्रतापूर्ण प्रतिस्पर्धा हुनेछ।

मुख्यमन्त्रीले भने, भाजपाले सहयोगी दलहरूसित सकारात्मक सम्वादलाई जारी राखेको छ। जुन निर्वाचन क्षेत्रमा आपसी तालमेल बन्छ भने त्यहाँ संयुक्त रूपमा चुनाउ लड़िनेछ र नभएको क्षेत्रमा आपस्तमा सौहार्द राखेर प्रतिस्पर्धा गरिनेछ।

उनले बताए, राभा संयुक्त मञ्च र बोडोल्याण्ड पीपुल्स फ्रन्टसित गठबन्धनलाई अन्तिम रूप दिइएको छ। साथै अगपसित सीट बाँड़फाँड़लाई लिएर आगामी 10 मार्चपूर्व सम्झौता हुने सम्भावना छ।

मुख्यमन्त्रीले विश्वास व्यक्त गरे, सबै सहयोगी दलहरू मिलेर राज्यमा एनडीएलाई अझ शक्तिशाली बनाउनेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande