
कोलकाता, 27 फरवरी (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउपूर्व भाजपाभित्र रहेको गुटबाजी फेरि उजागार भएको छ। यसपालि मामिला ब्यारकपुर संगठनात्मक जिल्लाको हो जहाँ पार्टी कार्यालयभित्रै पूर्व जिल्लाध्यक्ष तथा ब्यारकपुर सहित चार वटा जिल्लाहरूका संयोजक सन्दीप ब्यनर्जीमाथि कुटपिट गरेको भीडियो सोशल मीडियामा भाइरल भएको छ। तथापि भाइरल भीडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
पार्टी सूत्र अनुसार ब्यारकपुर संगठनात्मक जिल्लामा पछिल्लो लामो समयदेखिकै आर्थिक कोषको उपयोगलाई लिएर मतभेद हुँदै आइरहेको थियो। आरोप छ, यसै विवादले पहिला चर्को बहसको रूप लियो अनि पछि कुटपिटसम्म भयो। भाइरल भीडियोमा कथित रूपमा सन्दीप ब्यनर्जीलाई पार्टी कार्यालयभित्र अचेत अवस्थामा देखिएको छ जसपश्चात केही कार्यकर्ताहरूले उनीमाथि कुटपिट गरिरहेको देखिएको छ।
घटनापछि पार्टी कार्यालयमा केही समयसम्म तनाउपूर्ण स्थिति कायम रह्यो। पछि आन्तरिक स्तरमा बातचित गरेर स्थितिलाई नियन्त्रण गर्ने चेष्टा गरियो। तथापि भीडियो सार्वजनिक हुनसाथ राजनीतिक जगतमा खैलाबैा तीव्र भएको छ। आरोप छ, अर्जुन सिंहका समर्थकहरूले कुटपिट गरेका हुन्।
स्थानीय स्तरमा भाजपाका कुनै पनि नेताले आधिकारिक रूपमा प्रतिक्रिया दिनदेखि अस्वीकार गरेका छन् भने अर्कोतिर जिल्ला भाजपा सूत्रको भनाइ छ, मामिलाको जाँच गरी आवश्यक कारबाही गरिनेछ।
यसबीच ब्यारकपुरबाट सांसद अर्जुनले शुक्रवार बिहान भने, उनलाई यस घटनाको कुनै जानकारी छैन। उनले भने, यस बारेमा उनले कार्यकर्ताहरूसि बातचित गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा