मुख्यमन्त्रीले सरकारका विकास कार्यहरूको रिपोर्ट कार्ड साझा गरिन्
मुख्यमन्त्रीले सरकारका विकास कार्यहरूको रिपोर्ट कार्ड साझा गरिन्


नयाँ दिल्ली, 27 फरवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज उत्तर-पश्चिमी दिल्ली लोकसभाको बेगम विहारमा जनसभा गरी पछिल्लो एक वर्षमा सरकारले गरेका विकास कार्यहरूको रिपोर्ट कार्ड साझा गरिन्।

उनले सोशल मीडिया अकाउन्ट एमाक्स पोस्ट गरी भनिन्, वर्षौंसम्म यो क्षेत्र पछिल्ला सरकारहरूको उपेक्षाको शिकार हुँदै आयो, तर भारतीय जनता पार्टी (भाजपा) सरकारले पछिल्लो एक वर्षभित्रमै अन्त्योदयको संकल्पसितै उत्तर-पश्चिमी दिल्लीमा सड़क, पानी, सीवरेज, शिक्षा, स्वास्थ्य औ अन्य आवश्यक सुविधाहरूको विकासलाई तीव्र गतिमा अगाड़ि बढ़ायो।

मुख्यमन्त्रीले भनिन्, आज दिल्ली परिवर्तन भइरहेको छ, प्रगति गरिरहेको छ तथा विकासको मार्गमा द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। यी सबै तपाईहरूको एक भोटको शक्तिबाट सम्भव भएको हो।

यस अवसरमा सांसद योगेन्द्र चँदोलिया, क्याबिनेट मन्त्री रविन्द्र इन्द्राज सिंह, विधायक एवं ग्राम विकास बोर्डका अध्यक्ष राज कुमार चौहान, विधायक कुलवंत राणा, राजकरण खत्री, अहिर दीपक चौधरी, गजेन्द्र दराल उपस्थित थिए।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande