
कोलकाता, 27 फरवरी (हि.स.)। पश्चिम बंगालको स्कूल सेवा आयोग (एसएससी) का पूर्व अधिकारी शान्ति प्रसाद सिन्हालाई प्रवर्तन निदेशालय (ईडी) द्वारा दर्ता धनशोधन मामिलामा शुक्रवार कलकत्ता उच्च न्यायालयले जमानत दिएको छ।
न्यायमूर्ति जय सेनगुप्ताको एकल पीठले कड़ा शर्तहरूको साथमा सिन्हाको जमानतको उजुरीलाई स्वीकृति दिए। अदालतले उनलाई 5 लाख रुपियाँंको निजी धरौटीमा रिहा गर्ने निर्देश दियो। यसको साथै उनलाई आफ्नो पासपोर्ट जमा गर्ने अनि स्थानीय क्षेत्रदेखि बाहिर नजाने आदेश दिइएको छ जसबाट उनको विदेश यात्रामाथि रोक लागेको छ।
अदालतले यो पनि स्पष्ट पाऱ्यो, उनले मामिलासित सम्बन्दित गवाहहरूलाई प्रभावित नगरुन् साथै प्रमाणहरूसित छेड़छाड़ नगरून्। साथै उनलाई थाना अनि जाँच अधिकारीहरूलाई दुई वटा सक्रिय मोबाइल नम्बर उपलब्ध गराउने निर्देश पनि दिइयो ताकि उनीसित लगातार सम्पर्क सुनिश्चित गर्न सकियोस्।
शान्ति प्रसाद सिन्हा वर्ष 2022-देखि कथित स्कूल भर्ती घोटालाको सिलसिलामा न्यायिक हिरासतमा थिए। यसपूर्व वर्ष 2024 मा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) द्वारा दर्ता मामिलामा उनलाई उच्चतम न्यायालयबाट जमानत प्राप्त भइसकेको छ। ईडीको मामिला लम्बित रहेको कारणले उनको रिहाई हुन सकेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा