मुख्यमन्त्री डा.यादवद्वारा नानाजी देशमुख र चन्द्रशेखर आजादको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण
मुख्यमन्त्री डा.यादवद्वारा नानाजी देशमुख र चन्द्रशेखर आजादको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण


भाेपाल, 27 फ़रवरी (हि.स.)। भारतका महान समाज सेवी, भारत रत्न नानाजी देशमुख औ भारतीय स्वाधीनता संग्रामका महान क्रान्तिकारी चन्द्रशेखर आजादको आज शुक्रवार पुण्यतिथि हो। यस अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री डा मोहन यादवले दुवै महान विभूतिहरूलाई विनम्र श्रद्धासुमन अर्पण गरेका छन्।

मुख्यमन्त्री डा. यादवले नानाजी देशमुखलाई पुण्यतिथिमा श्रद्धाञ्जली दिँदै सोशल मीडिया एक्समा लेखे, प्रबुद्ध राष्ट्र सेवक एवं महान समाज सुधारक, भारत रत्न, श्रद्धेय नानाजी देशमुखजीको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु। देशको प्रगतिमा ग्रामीण विकास, शिक्षा औ गरीब कल्याणलाई आधार बनाउने तपाईले प्रेरणा दिनुभयो। तपाईको कृतित्व, विचार एवं दृष्टिकोणले राष्ट्रलाई नवनिर्माणका दिशा दिनरहनेछ।

एक अन्य सन्देशको माध्यमबाट चन्द्रशेखर आजादलाई शहादत दिवसमा नमन गर्दै मुख्यमन्त्री डा. यादवले लेखे, मध्यप्रदेशका भूमिपूत्र, भारतीय स्वतन्त्रता संग्रामका महानायक, चन्द्रशेखर आजादजीको पुण्यतिथिमा कोटी-कोटी नमन गर्दछु। माँ भारतीको स्वतन्त्रताको लागि समर्पित तपाईको जीवन प्रत्येक देशभक्तको लागि ऊर्जा, संकल्प एवं सेवाको अप्रतिम अध्याय हो। तपाईको चरणमा बारम्बार प्रणाम गर्दछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande