प्रेमी जोड़ीको शव रूखमा झुण्डिरहेको भेटियो
प्रेमी जोड़ीको शव रूखमा झुण्डिरहेको भेटियो


बाराबँकी, 27 फ़रवरी (हि.स.)। उत्तर प्रदेशको बाराबँकी जिल्लामा मोहम्मदपुर खाला थाना क्षेत्रमा प्रेमी-प्रेमिकाको शव झुण्डिरहेको अवस्थामा भेटियो। पुलिसले दुवै शवलाई चिन्हित गरी अग्रिम कारबाहीको लागि पोस्टमर्टम गर्न पठाइदियो।

थाना प्रभारी आशुतोष मिश्राले बताए, मोहम्मदपुर खाला थाना क्षेत्रस्थित एक गाउँको रूखमा प्रेमी-प्रेमिकाको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। पुलिसले दुवै शवलाई कब्जामा लिएर मृतकद्वयको पहिचान हारून (22) औ युवती शिबा (20)- को रूपमा गरेको छ। प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार दुवैले एका-अर्काप्रति माया गर्थे अनि विवाह गर्न चाहन्थे। तर परिवार विवाहको निम्ति राजी थिएन जसले गर्दा उनीहरूले यस्तो कदम उठाएका हुन्।

अर्कोतिर परिवारका केही सदस्यहरूको भनाइ छ, दुवैमाथि भुत-प्रेत लागेको थियो। यी दुई एकसाथ मजारमा जान्थे। हाल पुलिसले सबै पक्षहरूलाई ध्यानमा राखेर जाँच शुरू गरेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुलासा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande