महासमुंदः 17 लाखाभन्दा अधिकको गाँजासितै दुई तस्कर पक्राउ
महासमुंदः 17 लाखाभन्दा अधिकको गाँजासितै दुई तस्कर पक्राउ


महासमुंद, 27 फरवरी (हि.स.)। महासमुन्द पुलिसले जिल्लामा अन्तर्राज्यीय गाँजा तस्करीविरूद्ध ठूलो कारबाही गरेको छ। शुक्रवार कार मार्फत ओडिशादेखि अवैध गाँजा लिएर मध्य प्रदेश लगिरहेका तस्करहरूलाई पक्राउ गर्नमा पुलिसले सफलता हासिल गरेको छ। स कारबाहीमा 35 किलोग्राम गाँजा जफत गरियो जसको अनुमानित मूल्य 17 लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ। यो मामिला थाना सिंघोडा क्षेत्रको हो।

नेशनल हाइवे- 53 मा रेहटीखोलदेखि अवैध गाँजा तस्करी गरिरहेको सूचना पाएपछि नाकाबन्दी गरियो। एन्टी नारकोटिक्स फोर्स र सिंघोड़ा पुलिसको टीमले कारलाई रोकेर जाँच गर्दा युवकहरूले आफ्नो नाम पंकज राठौर र हेमन्त सिंह तोमर बताए, दुवै नै मध्यप्रदेशको मुरैना जिल्लाका निवासी हुन्। यस अवधि पुलिसले कारको जाँच गऱ्यो जसमा पछिल्लो सीटमा निर्मित गुप्त च्याम्बरमा गाँजा राखिएको भेटियो।

पुलिसले आरोपीहरूबाट 17,50,000 रुपियाँको गाँजा र कारलाई जफत गरेको छ। दुवै युुवकहरूविरूद्ध अपराध धारा (20बी (दो)(सी), 29 -1) एनडीपीएस एक्ट अन्तर्गत कारबाही गर्दै पक्राउ गरियो। अदालतमा पेश गरेपछि दुवै युवकलाई न्यायिक हिरासतमा पठाइएको छ।

-------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande