
कोलकाता, 27 फरवरी (हि. स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)- को प्रस्तावित ‘परिवर्तन यात्रा’ -लाई लिएर दर्ता याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च अदालतले शुक्रवार सशर्त अनुमति दियो। न्यायमूर्ति शुभ्रा घोषको एकल पीठले आगामी एकदेखि तीन मार्चसम्म यात्रा निकाल्ने अनुमति दिएको छ तथापि यो पनि स्पष्ट पारेको छ, कुनै पनि स्थानमा एक हजारभन्दा अधिक मानिसहरूको भीड़ भेला हुनु हुँदैन। अदालतले कानून-व्यवस्थालाई काम राख्ने जिम्मेवारी पुलिस प्रशासनलाई सुनिश्चित गर्ने निर्देश दिएको छ।
भाजपाको यस परिवर्तन यात्रामा केन्द्रिय स्तरका केही वरिष्ठ नेता औ मन्त्रीगण बंगालमा आउने भएका छन्। राज्यमा पार्टीका दश वटा संगंठनात्मक विभागहरू छन् जसमध्ये नौ वटा विभागहरूले यो यात्रा आयोजना गरिरहेको छ। कोलकाता महानगर संगठनात्मक विभागमा मात्र यात्रा हुनेछैन, किनभने आगामी 14 मार्चमा ब्रिगेड मैदानमा प्रस्तावित समापन ऱ्यालीको जिम्मेवारी पनि सोही विभागलाई सुम्पिइएको छ।
कार्यक्रम अनुसार आगामी एक मार्चको दिन कुचबिहार, कृष्णनगर, कुल्टी औ गड़बेतादेखि परिवर्तन यात्रा शुरू हुनेछ। दुई मार्चमा इस्लामपुर, हासन, सन्देशखाली र आमतामा कार्यक्रम प्रस्तावित छ। प्रारम्भिक योजना मुताविक एक मार्चमा दक्षिण 24 परगनाको रायदिघीदेखि केन्द्रिय गृहमन्त्री अमित शाहले यात्रा शुरू गर्ने योजना थियो, तर अन्तिम समयमा उनको भ्रमणमा परिवर्तन गरिएको छ। अब सम्भवतः गृहमन्त्रीले आगामी दुई मार्चको दिन रायदिघीदेखि यात्रा शुरू गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा