आईपीआर विभागद्वारा लागूपदार्थ दुरुपयोग जागरूकता कार्यशाला आयोजित
Awareness programme


गान्तोक, 27 फरवरी (हि.स.)। राज्य सूचना तथा जनसम्पर्क (आईपीआर) विभागले आज गान्तोकको आफ्नो सम्मेलन हलमा नशामुक्त अभियानमाथि कार्यशाला आयोजना गर्‍यो।

कार्यक्रममा बोल्दै आईपीआर विभागकी सचिव अन्नपूर्ण आलेले लागूपदार्थ दुरुपयोगको सम्बोधनमा सामूहिक जिम्मेवारीको महत्वमा जोड दिइन्। उनले यो पहलले समाजलाई लतबाट ग्रस्त व्यक्तिहरूलाई सहयोग विस्तार गर्ने अवसर प्रदान गर्ने बताइन्। परिवार र साथीहरूको भूमिकामा जोड दिँदै उनले सबै सरोकारवालाहरूलाई प्रभावित व्यक्तिहरूलाई लागूपदार्थ निर्भरताबाट मुक्त गरी स्वतन्त्रता र मर्यादा पूर्ण जीवन जिउन सहयोग गर्न सामूहिक प्रयास गर्न आग्रह गरिन्।

फ्रिडम फेसिलिटीका संस्थापक तथा स्रोत व्यक्ति केसी निमाले लागूपदार्थ दुरुपयोगबारे आफ्ना अनुभव साझा गर्ने अवसरका लागि कृतज्ञता व्यक्त गरे। उनले जिज्ञासा वा सहपाठीको दबाउबाट शुरु हुने कुरा क्रमशः निर्भरतातर्फ लैजाने र व्यक्तिको स्वास्थ्य, परिवार, करियर तथा भविष्यमा प्रतिकूल प्रभाव पार्ने उल्लेख गरे। उनले समाजलाई पुनर्स्थापना प्रयासरत व्यक्तिहरूलाई अस्वीकार नगरी सकारात्मक र सहयोगी वातावरण सिर्जना गरी स्वीकार र समर्थन गर्न अपील गरे। यस्तो प्रोत्साहनले पुनर्स्थापित व्यक्तिहरूलाई परिवारसँग जोडिन, जीवन पुनर्निर्माण गर्न र जिम्मेवार नागरिकको रूपमा समाजमा पुनर्स्थापित हुन मद्दत गर्ने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande