
नयाँ दिल्ली, 27 फरवरी (हि.स.)। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) गए बिहीवार छात्रसंघद्वारा शिक्षा मन्त्रालयसम्म निकालिएको मार्चपछि विवाद गहिरिएको छ। छात्र संगठन अल इण्डिया स्टुडेन्ट एसोसिएशन (आइसा) औ जेएनयू छात्रसंघले आरोप लगाएका छन्, शान्तिपूर्ण प्रदर्शन अवधि दिल्ली पुलिसले बल प्रयोग गरेर 51 जना विद्यार्थीहरूलाई हिरासतमा लियो। पुलिसले यस मामिलामा मुद्दा दर्ता गरी 14 जना विद्यार्थीहरूलाई पक्राउ गरिएको छ। यी विद्यार्थीहरूमा छात्रसंघका अध्यक्ष, उपाध्यक्ष, संयुक्त सचिव, पूर्व अध्यक्ष औ आइसाको अखिल भारतीय अध्यक्ष पनि सामेल छन्। यसलाई लिएर विश्वविद्यालय परिसरदेखि वसन्त कुञ्ज थानासम्म पैदल मार्च निकालेर साथीहरूको रिहाईको माग गरे।
मार्च किन निकालियोछात्रसंघ अनुसार गए 26 फरवरीमा यो लामो मार्च केही मागहरूलाई लिएर आयोजना गरिएको थियो। यसमा रोहित कानून अनुरूप विश्वविद्यालय अनुदान आयोगको नियम लागू गर्ने, कुलपतिद्वारा दिइएको कथित जातिगत बयानको लागि माफी तथा राजीनामा अनि सरकारी शिक्षण संस्थानहरूको लागि धनराशि बढ़ाउने माग सामेल थिए। विद्यार्थीहरूको भनाइ छ, यी मुद्दाहरू समान अवसर औ सामाजिक न्यायसित जोड़िएका छन्।
उनीहरूको आरोप छ, प्रशासनले उनीहरूको कुरा सुन्नको सट्टा दमनपूर्ण मार्ग अप्नाइरहेको छ। आइसा एवं छात्रसंघको दाबी छ, सयकड़ौं विद्यार्थीहरूको शान्तिपूर्ण भेला भए पनि पुलिसले बल प्रयोग गऱ्यो। केही विद्यार्थीहरूलई चोट समेत लाग्यो भने कतिपयलाई 14 घण्टाभन्दा अधिक समयसम्म थानामा राखियो। मामलामा छात्रसंघ अध्यक्ष अदिति मिश्रा, संयुक्त सचिव दानिश अली, उपाध्यक्ष गोपिका औ नितेश समेत 14 जना विद्यार्थीहरूलाई पक्राउ गरिएको छ।
पुलिस उपायुक्त अमित गोयलले बताए, जेएनयू परिसर बाहेक मार्च गर्ने अनुमति विद्यार्थीहरूलाई थिएन। तथापि अपरान्ह लगभग 3:20 बजे 400-500 जना विद्यार्थीहरू मुख्य द्वारदेखि बाहिर आएर मार्च गर्न थाले। पुलिस अनुसार प्रदर्शनकारीहरूलाई रोक्नको लागि लगाइएको ब्यारिकेड्सलाई नोक्सान पुऱ्याइयो। यस अवधि प्रदर्शन उग्र भयो अनि विद्यार्थीहरूले ब्यानर, लौरो तथा जुत्ताले प्रहार गरे। आरोप छ, केही प्रदर्शनकारीहरूले पुलिस कर्मीहरूसित धक्का-मुक्का समेत गरे जसमा धेरैजना पुलिसकर्मीहरू घाइते भए।
पुलिसले प्रदर्शनकारीहरूलाई जेएनयूको नर्थ गेटमा रोकेर बिस्तारै उनीहरूलाई पुनः परिसरभित्र पठाइयो। उग्र भएर वैधानिक आदेशलाई पालन नगरेका विद्यार्थीहरूलाई भने हिरासतमा लिइयो। पुलिस अधिकारीको भनाइ छ, स्थिति हाल नियन्त्रणमा छ अनि मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा