
इम्फाल, 27 फरवरी (हि.स.)। मणिपुरको काकचिङ एवं इम्फाल पूर्व जिल्लामा संचालित अभियानको क्रममा भारी मात्रामा हतियार अनि विस्फोटकहरू जपत गरिएको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी एक आधिकारिक बयानमा बताइएको छ, सुरक्षा बलहरूले काकचिंग जिल्लाको वाइखोंग थाना अन्तर्गत काकचिंग खुनौ, पामचौ पहाड़ी श्रृङ्खला, पामचौ लमखाई क्षेत्रबाट भारी मात्रामा गोला-बारूदसितै हतियारहरू जफत गरेका छन्।
जफत गरिएका हतियारहरूमा मुख्यतः एउटा एके-56 राइफल जसमा म्यागजिनसितै 10 जिउँदो राउण्ड संगीनसितै लोड छ, दुई वटा एसबीबीएल, एउटा डीबीबीएल, एउटा .32 पिस्तोल जसमा म्यागजिनसितै पाँच जिउँदो राउण्ड लोड, दुई नम्बर 36 ह्याण्ड-ग्रेनेड, तीन वटा एमुल्डाइन विस्फोटक (क्लास-2), तीन वटा डेटोनेटर, 256 राउण्ड .303 राइफलको जिउँदो कारतूस, 48 राउण्ड 5.56 x 45 मिमीको खाली कारतूस, तीन वटा स्टन शेल, एउटा अश्रु ग्यास ग्रेनेड, एउटा बाओफेंग ह्याण्डसेट, एउटा छलावरण हेलमेट औ एउटा गनी ब्याग सामेल छन्।
यसरी नै सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाको इरिलबंग थाना अन्तर्गत लैरौ चिंग क्षेत्रबाट एउटा एके-56 राइफल, एउटा .303 राइफल, तीन वटा सिंगल ब्यारल बन्दुक, दुई वटा एके म्यागजिन, दुई वटा एचई नम्बर 36 ह्याण्ड-ग्रेनेड, अलग-अलग क्यालिबरका 46 लाइभ राउण्ड कारतूस, 20 राउण्ड .303 राइफलको खाली कारतूस, एउटा केनवुड ह्याण्डसेट, एउटा एमपी 5 होलोग्राफिक साइट जफत गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा