
गान्तोक, 27 फरवरी (हि.स.)। सिक्किम सरकारका मुख्य सचिव रविन्द्र तेलाङको सभापतित्वमा आज टाशीलिङ सचिवालयको सम्मेलन हलमा छैटौँ राज्यस्तरीय नार्को कोअर्डिनेसन सेन्टर (एनकोर्ड) बैठक सम्पन्न भयो।
मुख्य सचिवले बैठकमा सम्बन्धित लाइन विभागहरूसँग प्रत्येक बुँदामा विस्तृत छलफल गरे। उनले यसलाई लागूपदार्थविरुद्धको युद्धको रूपमा वर्णन गर्दै यो विषयलाई अत्यन्त आपतकालीन रूपमा लिनुपर्ने बताए । उनले अधिकारीहरूलाई यस्ता मुद्दाहरूलाई सामान्य चोरी वा सानो अपराधको रूपमा नलिन र युवाहरू लागूपदार्थ दुरुपयोगतर्फ आकर्षित हुँदै गएकोमा चिन्ता व्यक्त गरे।मुख्य सचिवले थप निगरानीमा जोड दिंदै लक्षित अनुगमन र नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) तथा एनफोर्समेन्ट डाइरेक्टोरेट (ईडी) जस्ता राष्ट्रिय एजेन्सीहरूसँग समन्वयको महत्व उल्लेख गरे। उनले सक्रिय रोकथाम उपायको रूपमा र्यापिड टेस्टिङ किटहरूको प्रयोग पनि सिफारिस गरे। उनले सामाजिक कल्याण विभागलाई नशामुक्त कार्यक्रममार्फत सक्रिय संलग्नता बढाउने आवश्यकता उल्लेख गरे र स्वास्थ्य विभागलाई जागरण तथा डी-एडिक्सन क्याम्पहरू सञ्चालन गरी विषयलाई व्यापक रूपमा सम्बोधन गर्न सुझाउ दिए। उनले यसलाई उन्मूलन गर्न निरन्तर कडा मेहनत, गम्भीरता र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल