घर फर्किरहेका प्रवासी श्रमिकको मृत्यु, रेललाइन निकट भेटियो शव
घर फर्किरहेका प्रवासी श्रमिकको मृत्यु, रेललाइन निकट भेटियो शव


पुरुलिया, 27 फरवरी (हि.स.)। पुरुलिया जिल्लाको बोरों थाना क्षेत्रको चौकान गाउँ निवासी रामप्रवेश मुदी (35)- को शव खड़गपुर रेललाइन नजिक भेटिएको छ। घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर जीआरपीलाई सुम्पिदियो।

प्राप्त जानकारी अनुसार रामप्रवेश मुदी गोवामा प्रवासी श्रमिकको रूपमा कार्यरत थिए। गए बिहीवार उनको मृत्यु भएको सूचना बोरों थाना पुलिसलाई प्राप्त भएको थियो जसपश्चात परिवारलाई अवगत गराइयो। मृतककी पत्नीले तस्वीर हेरेर शवलाई चिन्हित गरिन्। पुलिस अनुसार मरणोपरान्त परीक्षण पश्चात शुक्रवार परिवारलाई शव सुम्पिइयो अनि सोही दिन शवलाई गाउँमा ल्याइयो।

घटनाको समाचार गाउँमा पुग्नसाथ परिवारमा शोक व्याप्त भएको छ। मृतककी वृद्ध आमा आरती मुदीले बताइन्, रामप्रवेश अन्तिम पटक सरस्वती पूजाको अवसरमा घरमा आएको थियो। उसले परिवारको लागि घर बनाइरहेको थियो। तर आर्थिक अभावको कारणले घर पूरा हुन नसकेको कारण उ बाहिर काम गर्न गएको थियो।

मृतकले आफू पछि पत्नी, छोरा-छोरी छाड़ेर गएका छन्। परिवारले नानीहरूको भविष्यलाई ध्यानमा राख्दै शासकीय सहायताको माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande