घाटालमा भत्किएको सड़कलाई लिएर आरोप-प्रत्यारोप तीव्र
घाटालमा भत्किएको सड़कलाई लिएर आरोप-प्रत्यारोप तीव्र


मेदिनीपुर, 27 फरवरी (हि.स.)। घाटालमा जीर्ण सड़कको कारणले केही दिनअघि टोटो मार्फत उच्च माध्यमिक परीक्षा दिन गइरहेका छःजना छात्रहरू घाइते भएका थिए। सोही बाटो भएर प्राथमिक स्कूलका विद्यार्थीहरू पनि आवागमन गर्ने गर्दछन्। पछिल्लो लामो समयदेखिको सड़कको अवस्था जीर्ण भएको छ। पञ्चायत क्षेत्रमा प्रधानमन्त्री ग्राम सड़क योजनाका सड़कहरू भत्किएका छन्। यी सड़कहरूको मरम्मतलाई लिएर घाटालमा राजनीतिक तानातान शुरू भएको छ।

जीर्ण सड़कहरूको मरम्मत नभएकोमा भाजपा संचालित मनोहरपुर-एक ग्राम पञ्चायतले तृणमूलमाथि षड़यन्त्र गरेको आरोप लगाएको छ। पञ्चायतले शुक्रवार बतायो, रत्नेश्वरीबाटीदेखि श्रीरामपुरसम्म लगभग 3.5 किमी, रत्नेश्वरबाटीदेखि श्यामसुन्दरपुरसम्म लगभग 2.1 किमी औ गोपमहलदेखि हरिशपुरसम्म लगभग 5.5 किमीको प्रधानमन्त्री ग्राम सड़क योजनाका सड़कहरू लामो समयदेखिकै खराब अवस्थामा छन्। यी सड़कहरू भएर आउने-जाने स्कूलका विद्यार्थीहरू तथा आम मानिसहरूलाई विविभ समस्याको सामना गर्नुपर्छ, रोगीहरूलाई अस्पतालसम्म पुऱ्याउनु पनि समस्या हुन्छ। आरोप छ, वर्ष 2024-2025 मा ग्राम पञ्चायतद्वारा कैयौं पटक लिखित आवेदन गरिएको भए पनि मरम्मतको निम्ति पहल भएन।

शुक्रवार नै भाजपा संचालित पञ्चायतका उपप्रधान बापन बरले तृणमूलमाथि षड़यन्त्र अनि भेदभाव गरेको आरोप लगाउँदै भने, पञ्चायत चुनाउमा जनताले उनीहरूलाई सत्ता दिएका थिए र उनीहरूले सड़क मरम्मत गर्ने वाचा गरेका थिए, तर कैयौं पटक पत्र पठाउँदा पनि काम भएन। घाटालमा तृणमूलका ब्लक अध्यक्ष दिलीप माझी पञ्चायत समितिको सीटमा चुनाउ हारेका थिए, सायद त्यै कारमले सडकहरूको मरम्मत नगराएको होला।

अर्कोतिर दिलीप माझीले उपरोक्त आरोपलाई खारेज गर्दै भने, तृणमूलले प्रतिशोधको राजनीति गर्दैन। उनले केन्द्रको भाजपा सरकारमाथि बंगाललाई बारम्बार वञ्चित गरेकोआरोप लगाउँदै भने, पञ्चायत चुनाउपूर्व सड़कहरूको मरम्मत कार्य शुरू भएको थियो, एजेन्सीले सामग्रीहरू पनि उतारिसकेको थियो, तर अहिले जुन मानिसहरूले आरोप लगाइरहेका छन्, उनीहरूले नेताहरूले त्यसताक काम रोकेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande