माकपा नेता औ अधिवक्ता फिरदौस शमिममाथि यौन उत्पीड़नको मामिला दर्ता
माकपा नेता औ अधिवक्ता फिरदौस शमिममाथि यौन उत्पीड़नको मामिला दर्ता


कोलकाता, 27 फरवरी (हि.स.)। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)- का नेता तथा अधिवक्ता फिरदौस शमिमविरूद्ध यौन उत्पीड़नको मामिला दर्ता गरिएको छ। एकजना पुलिस अधिकारीले शुक्रवार यसको पुष्टि गरे।

पुलिस सूत्र अनुसार एकजना जूनियर महिला अधिवक्ताले गत बुधवार मध्य कोलकातास्थित हेयर स्ट्रीट थानामा लिखित सिकायत दर्ता गराइन्। सिकायतमा आरोप लगाइएको छ, फिरदौस शमिमले उससित यौन उत्पीड़न, अश्लील टिप्पणी, तथा अनुचित शारीरिक व्यवहार गरे। साथै डर देखाउने-धम्की दिने अनि गलत ढंगमा रोक्ने आरोप पनि लगाइएको छ।

महिला अधिवक्ताको सिकायतको आधारमा पुलिसले भारतीय न्याय संहिताका धारा 74, 75, 79, 351(2) औ 126(2) अन्तर्गत मामिला दर्ता गरेको छ। यी धाराहरूमा शीलभंग, यौन उत्पीड़न, आपराधिक धम्की औ अवैध रूपमा बन्धक बनाइएको जस्ता गम्भीर आरोपहरू सामेल छन्। यसमा केही धाराहरू गैर-जमानती रहेको बताइएको छ।

मामिलाको पुष्टि गर्दै कोलकाता पुलिसको सेन्ट्रल डिभीजनकी डिप्टी कमिश्नर इन्दिरा मुखोपाध्यायले बताइन्, एकजना महिला अधिवक्ताले सिकायत द र्ता गराएकी छन् जसमा आरोप लगाइएको छ, अभियुक्तले यौन प्रकृतिको टिप्पणी गरे, अश्लील व्यवहार गरे अनि उसलाई डर देखाउने चेष्टा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande