
सिलगढ़ी, 27 फरवरी (हि.स.)। सिलगढ़ी नगरनिगमको फोहोर निष्कासन विभागद्वारा शुक्रवार एक विशेष निःशुल्क सामाजिक सुरक्षा योजना क्याम्प शुरू गरियो। राज्य सरकार अधिनस्थ संचालित यस योजनाको उद्देश्य सिलगढ़ीका ‘निर्मल बन्धु’ एवं सफाई कर्मीहरूलाई सामाजिक एवं आर्थिक सुरक्षा प्रदान गर्नु हो।
शहरको रवीन्द्र मञ्चमा आयोजित यस क्याम्पमा सबै सफाई कर्मीहरूलाई निःशु्ल्क आवेदन पत्र वितरण गरियो। कार्यक्रममा निगमको मेयर परिषदका सदस्य मानिक दे उपस्थित थिए।
उनले बताए, राज्य सरकारको यस महत्वाकांक्षी योजनालाई व्यवहारिक रूपमा सफल बनाउनको लागि नगरनिगमले हरसम्भव सहयोग प्रदान गरिरहेको छ ताकि कर्मीहरूले सहजै आवेदन गरेर लाभ प्राप्त गर्न सकुन्।
योजना अन्तर्गत पञ्जीकृत कर्मीहरूलाई प्रतिमहिना उनीहरूको ब्यांक खातामा 55 रुपियाँको आर्थिक सहयोग दिइनेछ। यस अतिरिक्त ड्यूटी अवधि कसैको आकस्मिक निधन भएको खण्डमा उसको परिवारलाई अधिकतम दुई लाख रुपियाँको राशि प्रदान गरिनेछ।
18-देखि 60 वर्ष आयु वर्गका कर्मीहरूले यस योजनाको लाभ उठाउन सक्नेछन्। 60 वर्षको आयु पूर्ण गरेपछि उनीहरूलाई मासिक पेन्शनको लाभ दिइनेछ जसबाट वृद्धावस्थामा आर्थिक सुरक्षा सुनिश्चित हुनेछ।
सफाई कर्मीहरूले यस पहललाई स्वागत गर्दै यसलाई दीर्घकालीन आवश्यकता बताए। सामाजिक सुरक्षाको दिशामा सिलगढ़ी नगरनिगमको यो कदमलाई मानवीय जिम्मेवारी तथा श्रमिक कल्याणको दिशामा एक महत्वपूर्ण पहल मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा