भवानीपुरमा सुकान्त मजुमदारको घर-घर सम्पर्क अभियान, ममता ब्यनर्जीलाई दिए चुनावी चुनौती
भवानीपुरमा सुकान्त मजुमदारको घर-घर सम्पर्क अभियान, ममता ब्यनर्जीलाई दिए चुनावी चुनौती


कोलकाता, 27 फरवरी (हि. स.)। केन्द्रिय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता सुकान्त मजुमदारले शुक्रवार कोलकाताको भवानीपुर विधानसभा क्षेत्रमा ‘गृह सम्पर्क’ कार्यक्रम संचालन गरे। यो त्यही सीट हो जहाँबाट मुख्यमन्त्री ममता ब्यनर्जी विधायक हुन्।

दक्षिण कोलकातास्थित भवानीपुर क्षेत्रमा संचालित घर-घर सम्पर्क अभियानको क्रममा मजुमदारले दाबी गरे, यदि ममता ब्यनर्जीले फेरि पनि यहाँबाट चुनाउ लड़े उनको हार निश्चित छ। उनले भने, राज्यमा यसै वर्ष 2026-मा हुने विधानसभा चुनाउमा भाजपाले पूर्ण बहुमतले सरकार बनाउनेछ।

उल्लेखनीय छ, वर्ष 2021- को विधानसभा चुनाउमा ममता ब्यनर्जीलाई नन्दीग्राम सीटमा पराजयको सामना गर्नु परेको थियो। त्यसपछि उनले भवानीपुर सीटबाट उपचुनाउ जितेर विधानसभामा फर्केकी थिइन्।

सुकान्त मजुमदार जो पूर्वमा प्रदेश भाजपा अध्यक्ष पनि रहिसकेका छन्,- ले भवानीपुरको चक्रबेड़ियास्थित पार्टी कार्यालय निकट भित्तामा कमलको चुनाउ चिन्ह बनाएर पार्टी कार्यकर्ताहरूको मनोबल बढ़ाए। यस अवधि उनले राज्यमा परिवर्तनको आह्वान गर्दै भने, यसपालि जनता परिवर्तनको लागि तयार भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande