
सूरत, 27 फरवरी (हि.स.)। 18औं लोकसभाको कार्यकालमा भारत एवं दक्षिण अफ्रिकाबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले ‘भारत-दक्षिण अफ्रिका पार्लियामेन्ट्री फ्रेण्डशिप ग्रुप’- को गठन गरिएको छ। यस ग्रुपमा सूरतका सांसद मुकेश दलाल सहित एघारजना सदस्यहरूलाई सामेल गरिएको छ।
यस फ्रेण्डशिप ग्रुपको मुख्य उद्देश्य भारत औ दक्षिण अफ्रिकाबीच संसदीय सम्वादलाई सुदृढ़ बनाउनु, सांस्कृतिक आदान-प्रदानलाई प्रेरित गर्नु तथा द्विपक्षीय सहयोगलाई नयाँ दिशा दिनु हो।
यस पहलको माध्यमबाट दुई देशका सांसदहरूबीच सकारात्मक एवं रचनात्मक सम्वादले गति पाउनेछ जसबाट अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध अधिक बलियो हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा