तीन तस्कर पक्राउ
तीन तस्कर पक्राउ


गुवाहाटी, 27 फरवरी (हि.स.)। नगाउँ जिल्लाको बागोरीमा पुलिसले ठूलो मात्रामा प्रतिबन्धित याबा ट्याब्लेट र कछार जिल्लाको दिगरखालमा ठूलो मात्रामा विदेशी रक्सी जफत गरेको छ।

मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले सामाजिक सञ्जाल मार्फत यो जानकारी साझा गरे। मुख्यमन्त्री अनुसार, 8 हजार याबा ट्याब्लेट सहित बागोरीमा दुई तस्कर पक्रा परेका छन्। जफत गरिएको याबा ट्याब्लेटको मूल्य लगभग 4 करोड़ रुपियाँ रहेको छ।

अर्को कारबाहीको क्रममा पुलिसले दिगारखाल क्षेत्रमा 918 लिटर विदेशी रक्सी जफत गरेको छ। यो गाड़ीभित्र लुकाएर चलाखीपूर्वक तस्करी भइरहेको थियो। रक्सी तस्करी मुद्दामा संलग्न एक तस्करलाई पक्राउ गरिएको छ। पुलिसले दुवै घटनामा एनडीपीएस एक्टका धारा अन्तर्गत छुट्टाछुट्टै एफआईआर दर्ता गरेको छ र पक्रा परेका तीन तस्करहरूसँग गहन सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande