
गुवाहाटी, 27 फऱवरी (हि.स.)। गुवाहाटीको गोरचुक पुलिसले भारी मात्रामा गाँजा सहित दुई तस्करलाई पक्राउ गरेको छ। पुलिसले शुक्रवार जानकारी दिएको छ कि सूचनाको आधारमा थाना क्षेत्रमा छापा मार्दा दुई तस्करलाई पक्राउ गरिएको छ।
पक्रा परेका अभियुक्तहरूको पहिचान दुलाल मियाँ (28, पुठिमारी) र सैफुल अली (26, बरपेटा) को रूपमा गरिएको छ। पक्रा परेका दुई अभियुक्तहरूबाट 1.540 ग्राम गांजा जफत गरिएको छ। गाँजा बाहेक पुलिसले दुई मोबाइल फोन पनि जफत गरेको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएसका धाराहरू अन्तर्गत एफआईआर दर्ता गरेको छ र पक्रा परेका दुई तस्करहरूसँग गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी