नेपालको प्रतिनिधि सभा चुनाउलाई केन्द्र गर्दै दुईदेखि पाँच मार्चसम्म भारत-नेपाल सीमा बन्द रहने
नेपालको प्रतिनिधि सभा चुनाउलाई केन्द्र गर्दै दुईदेखि पाँच मार्चसम्म भारत-नेपाल सीमा बन्द रहने


पिथौरागढ़, 27 फरवरी (हि.स.)। नेपालमा प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै आगामी 2-देखि 5 मार्चसम्म भारत-नेपाल अन्तर्राष्ट्रिय सीमा तथा पुललाई अस्थायी रूपमा बन्द राखिनेछ। यस सम्बन्धमा जिल्ला प्रशासनले आवश्यक दिशानिर्देश जारी गरेको छ। द

अप्पर जिल्लाधिकारी योगेन्द्र सिंहले बताए, प्रमुख जिल्ला अधिकारी, खलंगा (दार्चुला), नेपालद्वारा प्रेषित पत्र अनुसार निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण ढंगमा सम्पन्न गराउनको लागि उक्त अवधिभरि सीमामा आवागमन पूर्ण रूपमा प्रतिबन्धित रहनेछ। उनले बताए, जिल्लाधिकारीले पुलिस विभाग, उपजिल्लाधिकारी पिथौरागढ़, डीडीहाट एवं धारचूला एवं सशस्त्र सीमा बल (एसएसबी)-का सम्बन्धित वाहिनीहरूलाई सीमा अनि पुलहरूमा प्रभावकारी निगरानी, कड़ा सुरक्षा तथा आपस्तमा समन्वय सुनिश्चित गर्ने निर्देश दिएका छन्।

प्रशासनले आम मानिसहरूसित अपील गरेको छ, आगामी 2-5 मार्चबीच अन्तर्राष्ट्रिय सीमा क्षेत्र तर्फ यात्रा गर्ने योजना नबनाइयोस् अनिशान्ति तथा व्यवस्थालाई कायम राख्नमा प्रशासनलाई सहयोग गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande