
कोलकाता, 27 फरवरी (हि.स.)। शुक्रवार दिउँसो फेरि एक पटक शक्तिशाली भूकम्पले सम्पूर्ण बंगाललाई हल्लायो। कोलकाता र वरपरका जिल्लाहरूमा दिउँसो लगभग 1.20 बजी शक्तिशाली भूकम्प महसुस गरियो। अचानक आएको भूकम्पले आतंक मच्चायो र मानिसहरू आफ्नो घर र कार्यालयबाट बाहिर सड़कमा निस्किए। बासिन्दाहरूले पहिले कहिल्यै यति तीव्र भूकम्पको अनुभव नगरेको बताएका छन्।
प्रारम्भिक जानकारी अनुसार, भूकम्पको तीव्रता रिक्टर स्केलमा 4.9 देखि 5 बीच थियो। मोबाइल अलर्टहरूले यसको तीव्रता 5 रहेको रिपोर्ट गरेका छन्। अग्ला भवनहरूमा बस्ने मानिसहरूले शक्तिशाली भूकम्पको अनुभव गरे। यसको प्रभाव लगभग एक मिनेटसम्म रह्यो।
सूत्रहरू अनुसार, भूकम्प बंगालमा मात्र सीमित थिएन; यो छिमेकी देश बांग्लादेशमा पनि महसुस गरियो। कोलकातामा यसको तीव्रता 3.6 रिक्टर रेकर्ड गरिएको थियो भने बांग्लादेशमा 5 रिक्टर रेकर्ड गरियो। प्रारम्भिक रिपोर्टहरूले भूकम्पको केन्द्रबिन्दु बांग्लादेशको खुलना क्षेत्रमा रहेको संकेत गर्दछ।
पश्चिम बंगालका धेरै क्षेत्रहरूमा शक्तिशाली भूकम्पको झटका महसुस गरियो, जसमा नदिया, हुगली, पूर्व र पश्चिम मेदिनीपुर, उत्तर र दक्षिण 24 परगना र सुन्दरवन समावेश छन्।
यद्यपि, खबर लेखिञ्जेलसम्म ज्यान-मालको क्षतिको कुनै आधिकारिक रिपोर्ट प्राप्त भएको छैन। प्रशासनले परिस्थितिको निगरानी गरिरहेको छ। भूकम्पपछि केही समयको लागि डरको वातावरण थियो र धेरै क्षेत्रहरूमा सावधानी अन्तर्गत मानिसहरू खुला ठाउँमा उभिएको देखिए।
हिन्दुस्थान समाचार / भवानी थामी